Saturday, July 29, 2017  |    

राइभेट प्लेसमेण्ट अफरिंग बन्द गरेको सगुनले नेपाली लगानीकर्तालाई कहिले दिएला त लगानी गर्न वाता

प्रकाशित मिति: 2016/08/17

काठमाडौ,भदौ १ । अन्तर्राष्ट्यि शेयर बजारमा पहिलो पटक शेयर जारी गरेको नेपालीको कम्पनी सगुन डटकमले प्राइभेट प्लेसमेण्ट अफरिंग बन्द गरेको छ । अमेरिकाको वासिङ्टन डीसीमा केन्द्रीय कार्यालय राखि शुरु भएको सामाजिक सञ्जाल सगुन डटकमले इच्छुक तथा योग्य लगानीकर्ताहरुको लागि लगानीको अवसर खुल्ला गरेको थियो । जस अन्तरगत लगानी गर्नका लागि पुरा गर्नु पर्ने धेरै आधारहरु भएका कारण लगानी गर्न चाहने धेरैले लगानी गर्न नसकेको सगुनले जनाएको छ ।

अमेरिकामा दक्षिण एशियालीहरुको पहिलो स्टार्टअप कम्पनीका रुपमा स्थाप्ति सगुनले सर्वसाधारणको लगानी भित्र्याउने कार्यक्रम अन्तर्गत पहिलो चरणमा प्राइभेट प्लेसमेन्ट अफरिङ्ग शुरु गरेको थियो । अफरिंग बन्द भए पछि अर्को प्रकृयाबाट फेरी लगानीकर्तालाई लगानीको अवसर खुल्ला गर्ने सगुनले जनाएको छ ।

दोस्रो चरणको कार्यक्रमका लागि प्रकृया अघि बढाइएको जनाउँदै सगुनले उक्त चरणमा नेपाली लगानीकर्ताले पनि लगानी गर्न सक्ने बताएको छ । केही महिना भित्रमा नै मिनी आइपिओ मार्फत लगानीको अवसर सुरु हुने उसले जनाएको छ । सोही समयमा नै सगुनले मोबाइल एप्स पनि सञ्चालनमा ल्याउने जनाएको छ । त्यस पछि ‘सोसियल स्मार्ट कार्ड’ को शुरुवात गर्दै सगुनले लगानीकर्ताका साथै प्रयोगकर्ताहरुलाई समेत आफ्नो आम्दानीको प्रतिफल बितरण गर्दै लैजाने योजना अघि सारेको छ ।

सामाजिक सञ्जालका रुपमा स्थापना भएको सगुनले युएस जब्स स्टकले कानुनी बाटो खुल्ला गरिदिए पछि अन्तर्राष्ट्रिय बजारमा साधारण शेयर निष्काशन सुरु गरेको थियो ।

सगुन डटकम बिश्वब्यापी रुपमा फैलिएको एउटा सोसियल कमर्स सञ्जाल हो । जसले विश्वभर रहेका लगानीकर्तालाई इक्विटी क्राउड फन्डिङ पहलमा बैंकरोल मार्फत अवसर प्रदान गरेको थियो । शेयर खरिदबाट आएको पूँजीबाट सगुनको प्रयोगकर्ता विस्तार गर्ने, थप नयाँ विशेषताहरु बढाउँदै जाने लक्ष्य कम्पनीले लिएको छ ।

सगुन डटकममा रजिस्टर्ड प्रयोगकर्ताले “माई डे” ९दैनिक काम मिलाउने०, “मुड टक” ९मुड अनुसार कुराकानी गरिने०, र “ओपन सेक्रेट” ९आफ्नो गोप्य कुराहरु ऋादान प्रदान गर्ने० लगायतका सुविधा प्रयोग गर्न सक्छन् । मुड टकबाट प्राइभेट वा ग्रुप च्याटमा प्रयोगकर्ताहरुले आफ्नो मुड अनुसार इमोजी र स्टिकर बनाउन सक्नेछन् ।
सगुनको च्याटमा कुराकानी गरेको २४ घन्टा पछि म्यासेजहरु आफै हराएर जानेछन् । सगुनमा प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार आफ्नो सेक्रेट सबैलाई वा चाहेको व्यक्तिलाई मात्रै शेयर गर्न सक्नेछ । सगुनमा हट सेक्रेटका बिशेषताहरु रहेका छन्, जसबाट लाईक, डिस्लाईक, शेयर वा कमेन्ट गर्न सकिनेछ । साथै प्रयोगकर्ताले शेयर गरेको सेक्रेट ट्रयाक गरेर कतिवटा देश र सहरका प्रयोगकर्ताले हेरे भनेर पनि जान्न सकिनेछ ।

सगुनमा आफ्नो प्रोफाइल बनाउँदा र सगुनमा आबद्ध भएपछि सगुन प्रयोगकर्ताले निस्शुल्क रुपमा स्मार्ट कार्ड पाउने छन् भने उक्त स्मार्ट कार्ड पाएपछि सगुनमा खाता भएका प्रयोगकर्ताहरुले आफ्नो साथीभाई अथवा परिवारलाई उपहार र गिफ्ट कार्ड खरिद गरेर दिन सक्नेछन् । धेरै गिफ्ट कार्ड राख्नु भन्दा एउटै स्मार्ट कार्ड राखेर सगुनका प्रयोगकर्ताले आधिकारिक साझेदारहरुबाट फाइदा लिन सक्ने बताइएको छ । सबै सगुन स्मार्ट कार्ड प्रयोगकर्ताहरुले आफूले किनेको वस्तुमा ५५ रकम फिर्ता पाउने छन् ।

सगुन डटकमका सहसंस्थापक कविन सिटौला भन्छन्, “नेपालीको शिर उचो बनाउने हाम्रो चाहनामा सरिक हुन चाहने विश्वभर छरिएर रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई लगानीको एक सुनौलो अवसर उपलब्ध गराउन लागेको घोषणा गर्न पाउँदा हामी उत्साहित भएका छौं ।”

उनले ट्विटर र फेसबुकका लगानीकर्ताले पाएको सफलताको उदाहरण दिंदै सगुन डटकमले पनि राम्रो सफलता पाउने विश्वास व्यक्त गरे ।

फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालको जस्तै एकाउन्ट बनाएर सुचना आदान प्रदान गरे वापत आम्दानी गर्न सक्नेगरी निर्माण गरिएको सामाजिक सञ्जाल सगुन डटकम हो । गोबिन्द गिरी संस्थापक रहेको सगुन सन् २००९ मा सर्च इञ्जिनका रुपमा स्थापित भएको थियो । १२ बर्ष पेन्टागनमा सूचना प्रविधि पेशाकर्मीको रुपमा काम गरेका गिरीले सगुनलाई सामाजिक सञ्जालका रुपमा स्थापित गरे पछि गत नोभेम्बरमा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सगुन डटकमको औपचारिक सुरुवात गरेका थिए ।

तपाईंको बिचार