Monday, June 26, 2017  |    

नेप्सेको कारोबार खस्के पनि १७ अंकमा वृद्धि

प्रकाशित मिति: 2016/08/17

काठमाडां, भदौ १ । यो साताको पहिलो दुई दिन लगातार दोहोरो अंकले घटेको बजार पछिल्लो दुईदिन लगातार दोहोरो अंकले उकालो लागेको छ । कारोबारमा आएका अधिकांस समूहको सूचक बढेपछि बजार उकालो लागेको हो । बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ ।बुधबारको कारोबारमा पाँच कम्पनीका लगानीकर्ताले दश प्रतिशतको हाराहारीमा कमाएका छन् ।

बुधबार नेप्से परिसुचक १७ दशमलव ६१ अंकले उकालो लागेर १७३५।०६ विन्दुमा पुगेको छ । बजार खुल्नासाथ उकालो लागेको नेप्से १७४१ अंक पार गरेर फर्किएको हो । यसदिन बजारमा १४५ कम्पनीको एक अर्ब ७ लाख रुपैयाँ बराबरको  शेयर किनबेच भएको छ । अधिल्लो दिनको तुलनामा कारोबार रकम ६ करोड रुपैयाँले घटेको छ ।

बुधबार बीमा समुहको परिसुचक सवैभन्दा बढी १०३ अंकले उकालो लागेको छ । होटल समुह ६१, विकास बैंक २६, वािणज्य बैंक १६, जलविद्युत १५ र अन्य समुहको सूचक ६ अंकले उकालो लागेको छ । यसदिन उत्पादन समूह साढे आठ अंकले घट्दा वित्त समूहमा झिनो गिरावट देखिएको छ ।

यसदिन पनि नेपाल बंगलादेश बैंकको सवैभन्दा बढी करिब ७ करोड रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । लुम्बिनी जनरलको पाँच करोड २१ लाख र इन्भेष्टमेन्ट बैंकको ४ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ र सिद्धार्थ बैंकको पनि ३ करोड बढीको शेयर खरिदबिक्री भएको छ ।

बुधबारको बजारमा पाँच कम्पनीको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढेको छ । प्रोगेशिभ फाइनान्स,हाम्रो विकास बैंक, राप्तिभेरी, सिद्धार्थ डेभलपेमन्ट बैंक र गुह्ेश्वरी मर्चेन्ट फाइनान्सको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढेको छ । रिडी हाइड्रो, एनबी इन्स्योरेन्स,हिमालयन जनरल इन्स्योरेन्स लगायतका कम्पनीका लगानीकर्ता पनि धेरै कमाउनेको सूचीमा परेका छन् ।

लक्ष्मी भ्यालु फण्ड एकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएको बजारमा एभरेष्ट बैंक कन्भर्टिवेल शेयर, मिथिला लघुवित्त,युनियन फाइनान्स,नेपाल कम्युनिटि डेभलपमेन्ट बैंक सिनर्जी फाइनान्स लगायतका लगानीकर्ताले धेरै गुमाएका छन् ।

तपाईंको बिचार