Monday, May 29, 2017  |    

नबिल बैङ्कका कर्मचारीद्धारा भूकम्प पीडितलाई राहत सहयोग

प्रकाशित मिति: 2015/06/22

असार ६, काठमाडौं (अस) । नबिल बैङ्कका कर्मचारीले सिन्धुपाल्चोकका भूकम्प पीडितलाई जस्ता पाता, झुल, सोलार टर्चलाईट सहयोग गरेका छन् । भूकम्पबाट आफ्नो बास गुमाउन पुगेका पीडित परिवारलाई तत्काल अस्थायी बसोबासका लागि बैङ्कका कर्मचारीले आफ्नो तलबबाट सो सहयोग प्रदान गरेका हुन् ।

सिन्धुपाल्चोक जिल्ला, भिमटारगा.बि.स. वडा नंं ९ का भूकम्प पीडितका लागि अस्थायी १ सय १२ घर निर्माणका लागि प्रत्येक परिवारलाई १ बन्डल जस्ता पाता, २ थानझुल र १ थान सोलार टर्चलाइट प्रदान गरिएको छ 

तपाईंको बिचार