Wednesday, August 23, 2017

ठकुरीले मेगा बैङ्कको ‘हलोदेखि हाइड्रोसम्मको’ ब्राण्डिङ गर्ने

प्रकाशित मिति: 2015/06/23
 मेगा बैङ्क नेपाल लिमिटेडले सञ्चारकर्मी सुरजसिंह ठकुरीलाई आधिकारिक रुपमा आफ्नो सदभावना दूत (ब्
मेगा बैङ्क नेपाल लिमिटेडले सञ्चारकर्मी सुरजसिंह ठकुरीलाई आधिकारिक रुपमा आफ्नो सदभावना दूत (ब्

असार ७, काठमाडौं (अस) । मेगा बैङ्क नेपाल लिमिटेडले सञ्चारकर्मी सुरजसिंह ठकुरीलाई आधिकारिक रुपमा आफ्नो सदभावना दूत (ब्राण्ड एम्बेसडर) नियुक्त गरेको छ । 

टेलिभिजनमा विभिन्न कार्यक्रम चलाउंदै आएका ठकुरीलाई बैङ्कले ब्राण्ड एम्बेसडर बनाएको विज्ञप्ति मार्फत जनाएको हो । मेगा बैङ्कका सिइओ अनिलकेशरी शाहले आगामी दिनमा बैङ्कको ब्राण्ड इमेजलाई ग्राहक सामु स्थापित गर्न ठकुरीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको बताएका छन् । मिडिया र आमजनतामा चिरपरिचित रहेका कारण ठकुरीको उपस्थितिले मेगा बैङ्कको ब्राण्ड स्थापित गर्न मद्दत पुग्ने सिइओ शाहको विश्वास छ । ‘उहाँको ब्राण्ड इमेजले मेगा बैङ्कको हलोदेखि हाइड्रोसम्म भन्ने सन्देश र समग्र बैङ्किङ सम्बन्धि जानकारी आम नेपालीबीच पु¥याउन मद्दत पुग्ने विश्वास लिएका छौँ ।’ सिइओ शाहले भने । 

‘ब्राण्ड एम्बेसडर’ बनेपछि ठकुरीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैङ्कले गर्ने विभिन्न सामाजिक तथा व्यवसायिक कार्यलाई देशव्यापी बनाउन योगदान पु¥याउने बैङ्कले जनाएको छ ।

तपाईंको बिचार