Sunday, April 23, 2017  |    

उद्योग विभाग परिसरमा ग्लोबल बैङ्कको एक्सटेन्सन काउण्टर

प्रकाशित मिति: 2015/06/23
उद्योग विभाग परिसरमा सरकारी राजस्व संकलनका लागि स्थापना गरिएको ग्लोबल आइएमई बैङ्कको एक्सटेन्स
उद्योग विभाग परिसरमा सरकारी राजस्व संकलनका लागि स्थापना गरिएको ग्लोबल आइएमई बैङ्कको एक्सटेन्स

असार ७, काठमाडौं (अस) । उद्योग विभाग परिसरमा सरकारी राजस्व संकलनका लागि स्थापना गरिएको ग्लोबल आइएमई बैङ्कको एक्सटेन्सन काउण्टरको औपचारिक रुपमा उद्घाटन गरिएको छ । 

उद्योग विभाग परिसरमा सम्पूर्ण सरकारी राजस्व संकलनका लागि स्थापना गरिएको एक्सटेन्सन काउण्टर उद्योग मन्त्री महेश बस्नेतले सोमबार उद्घाटन गरेका हुन् । बैङ्कले राजधानीको त्रिपुरेश्वरमा रहेको उद्योग विभागसंगको सहकार्यमा नेपाल राष्ट्र बैङ्कको स्वीकृती पश्चात एक्सटेन्सन काउण्टर स्थापना गरि राजश्व संकलन सेवा प्रदान गरिरहेको छ । 

एक्सटेन्सन काउण्टर उद्घाटन समारोहमा बैङ्कका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कायममुकायम प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।

एक्सटेन्सन काउण्टर उद्घाटन गर्दै उद्योग मन्त्री बस्नेतले एकद्वार प्रणाली अन्तर्गत उद्योग विभागको परिसरमा राजश्व संकलन केन्द्र स्थापना भएको र यसबाट उद्योगी, व्यापारी तथा उद्यमी प्रत्यक्ष रुपमा लाभान्वित हुने बताए । विभागका महानिर्देशक न्यौपानेले उद्योग विभाग अन्तर्गत रहेका सबै इकाईलाई राजश्व संकलनका लागि एक्सटेन्सन काउण्टर उपयोग गर्न आग्रह गरेका छन् । 

कार्यक्रममा बैङ्कका अध्यक्ष ढकालले बैङ्कले उद्योग विभागको परिसरबाट उद्योगि तथा व्यवसायीलाई सेवा प्रदान गर्ने अवसर पाएकोमा अभार व्यक्त गर्नुका साथै सबै बर्ग र क्षेत्रसम्म सेवा प्रदान गर्ने बैङ्कको उद्धेश्य रहेको जानकारी दिए । 

बैङ्कले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीर्तिपुर, यातायात कार्यालय (बीरगञ्ज, पोखरा, इटहरी) र अध्यागमन बिभाग लगायतका सरकारी कार्यालयहरुको एक्सटेन्सन काउण्टर मार्फत राजश्व संकलन सेवा प्रदान गर्दे आएको छ ।

हाल बैङ्कले आफ्ना ८५ शाखा, ९० एटिएम, ३५ ओटा शाखारहित बैङ्किङ्ग सेवा मार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दे आएको छ ।

तपाईंको बिचार