Tuesday, August 22, 2017

पुनर्निर्माणका लागि ‘हुण्डाई इन्स्पिरेशन’ अभियान

प्रकाशित मिति: 2015/06/23
लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा सहयोग पु¥याउने उ
लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा सहयोग पु¥याउने उ

असार ७, काठमाडौं (अस) । लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले हुण्डाई इन्स्पिरेशन अभियान थालेको छ । 

लक्ष्मी इण्टरकण्टिनेण्टल नेपालका लागि हुण्डाईका सवारीसाधनको एकल आधिकारिक विक्रेता हो । यस अभियानअन्तर्गत कम्पनीले १५ साउन २०७२ भित्र विक्री भएका प्रत्येक हुण्डाई गाडी बाट रू. १ लाख सहयोगस्वरूप भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि प्रदान गर्ने जानकारी दिएको छ । 

अभियानअन्तर्गत सङ्कलित रकम भूकम्प प्रभावित क्षेत्रमा स्कूल, स्वास्थ्य, सरसफाइलगायत क्षेत्रमा खर्च गरिने कम्पनीले जानकारी दिएको छ । 

हुण्डाई नवयात्रा योजना शुरू

यसैबीच कम्पनीले हुण्डाई नवयात्रा २०७२ नामक नयाँ योजनाको पनि घोषणा गरेको छ । 

यस योजनाअन्तर्गत ग्राहकले हुण्डाईको कुनै पनि नयाँ गाडी खरीद गर्दा निश्चित नगद छुटका साथै स्क्र्याच कुपनमार्फत थप रू. २० हजारदेखि ७२ हजार रुपैयाँसम्म नगद छुट पाउन सक्नेछन् । साथै, ग्राहकले आप्mनो कुनै पनि ब्राण्डको पुरानो गाडीसँग नयाँ हुण्डाई गाडी साट्न सक्ने व्यवस्था पनि गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आफ्ना गाडीमा ३ वर्षको वारेण्टी र ३ वर्षकै निःशुल्क सर्भिसिङ सेवासमेत उपलब्ध गराउने बताएको छ । 

कम्पनीले चालु आर्थिक वर्षभर सवारी कर र निःशुल्क नामसारी सेवासमेत प्रदान गर्दै आएको छ । 

तपाईंको बिचार