Thursday, September 21, 2017

जियोनीका नयाँ स्मार्टफोन सार्वजनिक, नेपाली बजारमा छिट्टै आउने

प्रकाशित मिति: 2015/06/23
मोबाइल निर्माता कम्पनी जियोनीले दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।
मोबाइल निर्माता कम्पनी जियोनीले दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।

असार ७, काठमाडौं (अस) । मोबाइल निर्माता कम्पनी जियोनीले दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले हालै चीनको बेइजिङमा एक कार्यक्रमबीच इलाइफ ई– ८ र म्याराथन एम–५ स्मार्टफोन सार्वजनिक गरेको हो । स्मार्टफोनमा हालसम्म प्रयोग नगरिएका नयाँ प्रविधि यस फोनमार्फत पाउन सकिने कम्पनीको दावी छ । 

फोनमा २४ मेगापिक्सेलको क्यामेरा, फोर के क्वालिटिको भिडियो खिच्न मिल्ने, ६४ जीबीसम्मको मेमोरी, ३ जीबी ¥याम, दुई ओटा सिम लाग्ने, ३५२० एमएएच ब्याट्रि रहेकाले एकदमै छिटो चार्ज हुने लगाएतका आकर्षक बिशेषता रहेको कम्पनीले बताएको छ ।  

दुवै फोन नेपाली बजारमा चाँडै नै सार्वजनिक गरिने कम्पनीले जनाएको छ । 

 

तपाईंको बिचार