Thursday, October 19, 2017

भारतलाई विस्थापित गर्दै स्वदेशी सिमेन्टमा आत्मा निभर बन्दै नेपाल

प्रकाशित मिति: 2016/09/14

भदौ २८, काठमाडौं । नेपालमै उत्पादन भएको स्वदेशी सिमेन्टको प्रयोग बढ्न थालेपछि भारतीय सिमेन्टको आयात ठुलो मात्रामा घटेको छ । आफ्नै देशमा गुणस्तरीय सिमेन्टको उत्पादन हुन थालेपछि पछिल्लो समयमा आएर भारतीय सिमेन्ट बिस्थापत हुँदै गएको हो ।

केही समय पहिलेसम्म भारतीय सिमेन्टमा मात्र निर्भर रहँदै आएको मध्यपश्चिमको सीमावर्ती जिल्ला बाँकेमा अहिले भारतीय सिमेन्ट पाइन छाडेको छ । विभिन्न ब्राण्डका नेपाली सिमेन्टले बजार लिंदै गएपछि भारतीय सिमेन्टको विक्री घट्दै गएकोे हो ।
ठूला ठुला सरकारी संरचना निर्माणका लागि ठेक्का लिने ठेकेदारले नेपाली सिमेन्टमा गुणस्तर नभएको भनि केही समय पहिलेसम्म भारतीय सिमेन्ट प्रयोग गर्दै आएका थिए तर अहिले आएर अधिकांश निर्माण कम्पनीहरुले पनि नेपाली सिमेन्टनै प्रयोग गर्न थालेका छन् ।

यसका साथसाथै निजि घरहरु निर्माण गर्ने उपभोक्ताहरुले पनि भारतीय सिमेन्टको स्थानमा नेपाली सिमेन्टनै मन पराउन थालेपछि भारतीय सिमेन्ट विस्थापित हुंदै गएको छ ।

त्यति मात्र नभई बाँके लगायत मध्यपश्चिमका विभिन्न जिल्लामा सिमेन्ट उद्योगहरू पनि खुल्ने क्रम बढेको छ ।

 

तपाईंको बिचार