Tuesday, March 28, 2017  |    

विश्व बैङकले ५० करोड डलर उपलव्ध गराउँदै

प्रकाशित मिति: 2015/06/23

असार ८, काठमाडौं (अस) । विश्व बैङ्कले नेपालको पुननिर्माणका लागि ५० करोड डलरउपलव्ध गराउने भएको छ । साथै बैङ्कले भूकम्प प्रभावित क्षेत्रका गरीब जनताको पुर्नबासका लागि २० करोड डलर छुट्याएको छ । त्यस्तै बैङ्कले सरकारलाई १० करोड डलर बजेटरी साहयताका रुपमा उपलव्ध गराउने भएको छ ।
यो साहयता बैङ्किङ प्रणालीलाई सबल बनाउनका लागि दिइने जारी प्रेश विज्ञप्तीमा उल्लेख छ । बैङ्कले पहिलैदेखि नेपालमा गर्दै आएको लगानीमा  १० देखि २० करोड डलरसम्म थप गर्ने पनि जानकारी दिएको छ । त्यस्तै बैङ्कका अध्यक्ष जिम योङले विश्व बैङ्क नेपाली जनताको आवश्यत्ता पूरा गर्नसँगै उभिएको बताएका छन् ।
उनले भने ‘नेपाललाई  भूकम्प अगाडिकै अवस्थामा ल्याउन विश्व बैङक नेपाल सरकारसँगै सहकार्यमा जुटेको छ । हामी नेपालका भूकम्प पीडितलाई सहयोग गर्न हरतरहले लाग्ने छौं । विषेश गरि गरीव भूकम्प पीडितको पुर्नवासमा हाम्रो जोड रहने छ । ’

तपाईंको बिचार