Sunday, August 20, 2017  |    

बजारमा तीब्र मोलमोलाइ, पहिलो सत्रमा रङ्फेर्दै नेप्से

प्रकाशित मिति: 2015/06/24

असार ९, काठमाडौं । बुधबार नेप्से परिसूचक शून्य दशमलव ३२ अङ्कले बढेको छ । बजार खुलेदेखि सामान्य उतार चढावमा रहेको नेप्से १ घण्टा ३० मिनेटको व्यापारमा शून्य दशलमव शून्य ३ प्रतिशतले बढेर ९ सय २६ दशमलव ४१ विन्दुमा पुगेको छ । वित्त कम्पनी, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहको परिसूचक बाहेक सबै समूहको परिसूचक बढेपछि नेप्से परिसूचक पनि उकालो लागेको हो । 

व्यापार अवधिमा वीमा समूहको परिसूचक शून्य दशलमव ४१ प्रतिशत, जलविद्युत्को शून्य दशलमव ४ प्रतिशत, होटेलको शून्य दशमलव १४ प्रतिशत, बैङ्किङको शून्य दशमलव शून्य ६ प्रतिशत र विकास बैङ्कको शून्य दशमलव शून्य ३ प्रतिशतले बढेको छ । ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ८१ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १८ र वित्त कम्पनीको शुनय दशलमव शून्य १ प्रतिशतले घटेको छ । 

तपाईंको बिचार