Wednesday, April 26, 2017  |    

नेपालीका कन्टेनर किन समुन्द्रमा अलपत्र परे

प्रकाशित मिति: 2016/10/03

असोज १७, काठमाडौं । समुन्द्रमा ढुवानी सेवा चलाउने हान्जन सिपिङ कर्पोरेसन आर्थिक समस्यामा परेपछि नेपाली व्यवसायीका करिब चार सय कन्टेनर सामान विभिन्न मुलुकका समुद्री तटमा अलपत्र परेका छन् ।
विश्वको सातौं ठूलो सिपिङ कम्पनी हान्जिनमार्फत नेपाली व्यवसायीले आयात र निर्यातका लागि पठाएका सामान अलपत्र परेका हुन् ।

हान्जिन कोरियाको सबभन्दा ठूलो कम्पनी हो । ‘कम्पनी टाट पल्टेर धेरै व्यवसायीका सामान अड्किएका छन् । जानकारीमा आएसम्म करिब ४ सय कन्टेनर सामान विभिन्न मुलुकका बन्दरगाहमा छन् ।’

नेपालबाट निर्यात गरिएका सामान कोलकतामा अड्किएकाछन् भने आयातकर्ताको सामान हङकङ, सिंगापुर, थाइल्यान्ड, चीनलगायत मुलुकका बन्दरगाहमा अलपत्र परेको व्यवसायीले जानकारी दिएका छन् । चीनले हान्जिनका केही समुद्री

तपाईंको बिचार