Monday, May 29, 2017  |    

इमाडोलमा ग्यास उत्पादन आजदेखि सुरु हुने

प्रकाशित मिति: 2016/10/21

कार्तिक ५, काठमाडौं । ललितपुरको इमाडोलमा रहेको मिथेन (प्राकृतिक ग्यास) उत्पादनको काम सुरु हुने भएको छ। आज दिउँसो उद्योग मन्त्री नविन्द्रराज जोशीले उक्त ग्यास उत्पादनको औपचारिक सुरुवात गर्ने उद्योग मन्त्रालयले जानकारी दिएको छ।
 
खानी तथा भुगर्भ विभागले इमाडोलमा ग्यास उत्खनन गर्न २ वर्ष लगाएर  ड्रिलिङको काम सकाएपछि उक्त प्राकृतिक ग्यासको औपचारिकरुपमा उत्पादन सुरु हुने भएको हो।
 
विभागले इमाडोलसँगै उपत्यकाका १४ स्थानबाट ग्यास उत्पादन गर्न सकिने निष्कर्श निकालेको छ। इमाडोलको परीक्षणले सफलता पाएपछि अन्य स्थानमा पनि यसरी नै तदारुकताका साथ लागिपर्ने विभागले जानकारी दिएको छ।

तपाईंको बिचार