Tuesday, November 21, 2017

३० प्रतिशत इन्धन चीनबाट ल्याउन नयाँ प्रक्रिया शुरु

प्रकाशित मिति: 2016/10/21

कार्तिक ५, काठमाडौं । सरकारले चीनबाट इन्धन ल्याउननयाँ गृहकार्य सुरु गरेको छ। सरकारी स्वामित्वकै नेसनल ट्रेडिङ लिमिटेडलाई नेपाल आयल निगमको भगिनी संस्था बनाएर त्यसैमार्फत इन्धन आपूर्ति गर्ने तयारी थालेको आपूर्ति मन्त्रालयले जनाएको छ।

भारतको नाकाबन्दीपछि पेट्रोलियम पदार्थ आयातमा भारतको विकल्प खोज्ने निर्णय भएको करिब एक वर्षपछि मन्त्रालयले यस्तो रणनीति बनाएको हो। इन्डियन आयलकर्पोरेसन (आइओसी) बाट दशकौंदेखि इन्धन आयात गरी बिक्री–वितरण गरिरहेको अवस्थामा निगमलेआइओसीसँगको पुरानो सम्झौता तोड्न कठिन भएपछि सरकारले नयाँ रणनीति बनाएको हो।

आइओसी र निगमबीचको सम्झौता छँदाछँदै निगमकै अग्रसरतामा चीनसँग इन्धन कारोबार गर्दा भारतले सोही बहानामा अबरोध गर्न सक्ने आशंकामा यस्तो रणनीतिमा लागेको मन्त्रालयका जनाएको छ । निगम र आइओसीको सम्बन्ध बिगार्न पनि भएन, त्यही भएर नयाँ संरचनामार्फत पहल गर्न लागिएको उल्लेख गरिएको छ ।

नेसनल ट्रेडिङलाई निगमकै भगिनी संस्था बनाएर सोमार्फत करिब ३० प्रतिशत इन्धन चीनबाट ल्याउन पहल गर्ने छलफल भइरहेको छ ।


नाकाबन्दीको बेलाचीनले नेपाललाई १३ लाखलिटर पेट्रोल दिएको थियो। चीनका ट्यांकरबाट निगमका ट्यांकरले पेट्रोल खन्याएर केरुङ नाका हुँदै ल्याएका थिए।

चीनबाट इन्धनल्याउने विषयमा निगमको टोलीले पटकपटक चीन भ्रमण गरी अध्ययन गरिसकेको छ। निगम र पेट्रो चाइनाका अधिकारीबीच छलफल भए पनि आइओसीसँगको सम्झौताले अघि बढ्न सकिरहेको थिएन। तत्कालीन अवस्थामा निगमकाअधिकारीले चीनबाट ग्यासबाहेक पेट्रोलियम पदार्थ ल्याउन सकिने प्रतिवेदन मन्त्रालयलाई बुझाएकाथिए।

चीनको सीमा क्षेत्रमा इन्धन भण्डारण स्थल नहुनु र टाढाबाट ट्यांकरमा ल्याउन कठिन भएकाले कम प्राथमिकतामा परेको हुन सक्ने अनुमान गरिएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतमा पनि इन्धन कम खपत भएकाले त्यहाँ पनि पेट्रोलियम पदार्थको रिफाइनरी डिपो छैन। नेपालको नजिक पर्ने सिगात्सेसम्म पनि पाइपलाइन आएको छैन। नेपालले एक तिहाइ इन्धन चीनबाट ल्याउन सक्ने बाटो खोलेको भए पनि चीनको लागि सो परिणाम निकै कम हो।

 

तपाईंको बिचार