Tuesday, May 23, 2017  |    

हाइड्रो चाइना कर्पोरेसनले १ सय २ मेगावाट जलविद्युत उत्पादन गर्ने

प्रकाशित मिति: 2016/11/06


कात्तिक २१, काठमाडौं । १ सय २ मेगावाट क्षमताको माथिल्लो त्रिशूली २ जलविद्युत् आयोजनामा चीनको हाइड्रो चाइना कर्पोरेसनले लगानी गर्ने भएको छ । शतप्रतिशत लगानी रहने गरी चीनको उक्त कम्पनीले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृतिका लागि सरकारसमक्ष प्रताव पेस गरेको छ ।

‘२० अर्ब ३८ करोड रुपैयाँ लगानी गर्ने गरी कर्पोरेसनले प्रस्ताव पेस गरेको हो । औद्योगिक प्रवद्र्धन बोर्डको बैठक राख्ने तयारी भइरहेको छ । बोर्ड बैठकमा उक्त कम्पनीको एफडीआई स्वीकृतिका लागि एजेन्डा पेस हुनेछ । विद्युत् विकास विभागबाट सर्वेक्षेण लाइसेन्स लिई उक्त कम्पनीले वातावरण प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनसमेत पेस गरिसकेको छ ।

तपाईंको बिचार