Tuesday, August 22, 2017

विश्वकै उत्कृष्ट परियोजना नेपालमा

प्रकाशित मिति: 2016/11/07

कार्तिक २२, काठमाडौं । नेपालका अति दुर्गम भेगमा वातारणमैत्री दिगो विकास गरेर जलवायु अनुकुलन हुने गरी गरिबी निवारणमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै फिनल्यान्ड सरकारले नेपालमा सञ्चालित ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनालाई उत्कृष्ट आयोजनाको रूपमा पुरस्कृत गरेको छ ।

पानीको स्रोतको संरक्षण गर्दै स्वच्छ खानेपानी, सिंचाइ, लघु जलविद्युत्लगायत पानीको बहुउपयोग गर्ने कार्यक्रम लिएर नेपालका दुर्गम र अति पछाडि परेको समुदायमा गएर उत्कृष्ट प्रतिफल दिन सफल भएको भन्दै फिनल्यान्ड सरकारको सहयोगमा विश्वभरी सञ्चालित कार्यक्रमहरू मध्ये यस वर्षको उत्कृष्ट कार्य गरेको भन्दै सो परियोजनालाई फिनल्यान्ड सरकारले पुरस्कृत गरेको हो ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका अनुसार महिला, आदिवासी, दलित, जनजाति समग्र रूपमा पछाडि परेको वर्ग र समुदायको जीविकोपार्जन गरी गरिबी निवारण गर्ने कार्यमा वातावरण मैत्री, पारदर्शी र प्रतिफलमूखी कार्यक्रमहरू सफल रूपमा सञ्चालन गरेकोले सो परियोजनालाई फिनल्यान्ड सरकारले उत्कृष्ट पुरस्कार प्रदान गरेको हो ।

परियोजना सो विभागअन्तर्गत सुदूरपश्चिमका आठवटा जिल्ला बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र कैलाली जिल्ला र मध्यपश्चिमका हुम्ला र दैलेखका दुर्गम बस्तीमा कार्यक्रम सञ्चालन भइरहेको छ । विगत १० वर्षदेखि सञ्चालित यो परियोजनाको तेस्रो चरणका कार्यक्रम हाल सञ्चालन भइरहेका छन् ।

 

तपाईंको बिचार