Monday, December 11, 2017

निजी क्षेत्रको दादागिरीलाई कम गर्न इन्धन ढुवानी सेना र प्रहरीलाई दिईने

प्रकाशित मिति: 2016/11/11

कार्तिक २६, काठमाडौं । नेपाली सेनाले ५ वटा पेट्रोल पम्प खोल्ने भएको छ। काठमाडौंको उपत्यकाको सितापाइला, महाराजगन्ज, नारायणहिटी,, चोभार सल्लाघारीमा पेट्रोल पम्प खोल्नका लागि अनुमति पाएको छ।  आपूर्ति मन्त्रालयले सेनालाई ५ स्थानमा पम्प खोल्नका लागि अनुमति दिने सहमति भएको बताएको छ। सेनाले इन्धन ओसार पसार गर्न १ सय ट्यांकर खरिद गर्न लागेको पनि मन्त्रालयले जनाएको छ। त्यस्तै नेपाल प्रहरीले कोटेश्वर, कंलकी, जडिबुटी र बल्खुमध्ये २ स्थानमा पम्प खोल्न लागेको छ।
 
उपत्यका बाहिर पोखरा, चितवन र नवलपरासीमा पनि पम्प खोल्न सहमति बनेको मन्त्रालयले जनाएको छ। नेपाल प्रहरीलाई १० वटा ट्यांकर किन्न अनुमति मन्त्रालयले दिएको छ।  सशस्त्र प्रहरीलाई ठूलो भर्याङ, चितवनको आँपटारी र पथलैयामा पम्प खोल्न अनुमति दिइने मन्त्रालयले जनाएको छ।
 
सशस्त्र प्रहरीलाई ६ वटा ट्यांकर किन्न मन्त्रालयले अनुमति दिएको छ। एउटा ट्यांकर किन्नका लागि ७० लाखदेखि एक करोड रुपैयाँ पर्छ। इन्धन ढुवानी गर्ने निजी क्षेत्रको दादागिरी सेना र प्रहरीलाई इन्धन आयात गर्न अनुमति दिएपछि अन्त्य हुने सरकारी निकायको दाबी छ।
 

तपाईंको बिचार