Thursday, November 23, 2017

मकालु एयरको कार्गो विमान दुर्घटना

प्रकाशित मिति: 2016/11/11

कात्तिक २६, काठमाडौं । सुर्खेतबाट कार्गो समान लिएर हुम्ला जाँदै गरेको मकालु एयरको विमान आज बिहान ८ बजे हुम्लाको सिमिकोटमा दुर्घटनामा परेको छ ।

९ एन एजेजी कल साइनको विमान अवतरणका क्रममा पांग्रा पञ्चर भएर दुर्घटनामा परेको हो । दुर्घटनाबाट विमानमा सामान्य क्षति पुगेको छ । विमानमा पाइलट र कोपाइलट दुईजनामात्र सवार थिए । दुर्घटनामा परेको भनिएको विमान मकालु एयरको सिंगल इन्जिनको कार्गो विमान हो ।

तपाईंको बिचार