Monday, June 26, 2017  |    

नेपाल बैंक ८० औँ वर्षमा प्रवेश

प्रकाशित मिति: 2016/11/15

कात्तिक ३०, काठमाडौं । मुलुकको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड आजदेखि ८०औं वर्षमा प्रवेश गरेको छ ।

देशमा संस्थागत बैंकिङ सेवाको थालनी गरेको उक्त बैंकको वर्तमान सेयर पूँजी संरचनामा सरकारको ६२ दशमलव २१ प्रतिशत तथा सर्वसाधारण एवम् कर्मचारीको ३७ दशमलव ७९ प्रतिशत छ ।

चुक्ता पूँजी शेयर पाँच अर्ब ४९ करोड रूपैयाँ रहेको उक्त बैंकको आज सम्मको पुँजीकोष अनुपात १२ दशमलव १२ प्रतिशत पुगेको बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । बितेका तीन महिनामा सो बैंकले एक अर्ब १६ करोड रूपैयाँ खुद मुनाफा कमाएको छ भने निक्षेप ८६ अर्ब २२ करोड रूपैयाँ रहेको छ । उक्त बैंकले ६६ अर्ब तीन करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ भने निष्क्रिय कर्जाको अनुपात ३ दशमलब १ प्रतिशत रहेको बताइएको छ ।

तपाईंको बिचार