Thursday, November 23, 2017

विमानस्थलबाट काँचो सुन ल्याउने गिरोह पक्राउ

प्रकाशित मिति: 2016/11/16

मंसिर १, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले काँचो सुन ल्याउने २० जनालार्इ नियन्त्रणमा लिएको छ। कार्यालयले विभिaन्न देशबाट फर्किएका नेपालीको लगेज चेकजाँच गर्दा काँचो सुन ल्याएको फेला परेपछि उनीहरुलार्इ नियन्त्रणमा लिएको हो।
 
वैदेशिक रोजगारीमा गएका नेपालीले काँचो सुन ल्याएका थिए। विभिन्न देशबाट फर्किएका नेपालीको लगेज चेकजाँच गर्दा काँचो सुन फेला परेको विमानस्थल भन्सार कार्यालय जनाएको छ। नियन्त्रणमा लिएका व्यक्तिसँग पचास ग्रामदेखि डेढसय ग्रामसम्म काँचो सुन फेला परेको हो।
 
 वैदेशिक रोजगारीमा गएका नेपालीलार्इ भरियाको रुपमा सुन तस्करी गर्ने समूहले प्रयोग गरेको कार्यालयले आशंका गरेको छ। कार्यालय स्रोतका अनुसार नियन्त्रणमा लिइएको व्यक्तिसँग सोधपुछ गरेर मूख्य व्यक्ति पत्ता लगाउने प्रयास भइरहेको छ।
 
 सरकारले काँचो सुनमा तस्करी भएको जनाउँदै साउनदेखि काँचो सुन ल्याउन प्रतिवन्ध लगाएको थियो।

 

तपाईंको बिचार