पोखरामा अल्ट्रालाइट दुर्घटना हुँदा चालकको मृत्यु
मंसिर ८, पोखरा । अल्ट्रालाइट दुर्घटना हुँदा एक रसियन चालक नागरिकको मृत्यु भएको छ ।
नाम नखुलेका पासपोर्ट नम्बर ५ एन ०५६९५८१९ नम्बर भएका उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेजको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा क्यानेडियन नागरिक २७ वर्षीया जिलेन मेरी भोल्कर घाइते भएकी छिन् । पेटमा चोट लागेकी उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
एभिया क्लबको एन ए एल सी कल साइन भएको अल्ट्रालाईट चापाकोट स्थित रनवेबाट उडे लगत्तै २ सय मिटर पर खसेको प्रहरीको भनाई छ ।
तपाईंको बिचार