Thursday, June 29, 2017  |    

भाटभटेनीलाई जरिवाना

प्रकाशित मिति: 2016/11/24

मंसिर ९, पोखरा । सरकारी नियम मिचेर भवन निर्माण गरेको भन्दै पोखरा उपमहानगरपालिकाले न्युरोडमा रहेको भाटभटेनी डिपार्टमेन्ट स्टोरबाट बक्यौतासहित करिब ७४ लाख रुपैयाँ जरिवाना असुलेको छ ।

आवश्यक प्रक्रिया नपुर्‍याई भाटभटेनीले पाँच वर्षदेखि भवन निर्माण गर्दै आएको थियो । नक्सापास तथा घरजग्गा करबापत ५८ लाख, निर्माण सम्पन्नताको प्रमाणपत्र बेलामा नलिँदाको १४ लाख ३० हजार र दुई वर्षको स्वीकृत करबापत १ लाख ६० हजार रुपैयाँ जरिवाना गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाको भवन नक्सा निर्देशिकामा नक्सापास गरेको दुई वर्षभित्र भवन निर्माण सम्पन्न गरिसक्नुपर्छ । त्यो पनि पूरा नभएर पाँच प्रतिशत जरिवाना तिरेर थप दुई वर्ष म्याद थप्न सकिने निर्देशिकामा छ ।

भाटभटेनीले म्याद नथपी पाँच वर्षसम्म भवन पूरा गरेको छैन । ‘प्रक्रिया पूरा गर्न बारम्बार अनुरोध गर्दा भाटभटेनीले अटेर गरेको थियो । नियम नमान्दा जरिवानासहित बक्यौता दरकम दाखिला गर्नुपरेको हो । ठूला करदातालाई पनि अब नियम पालनामा रहन उनले आग्रह गरे । उपमहानगरपालिकाले सानालाई कर असुल्ने तर ठूलालाई छुट दिएको अरोप छ ।

 

तपाईंको बिचार