Tuesday, March 28, 2017  |    

दोस्रो सर्किट ब्रेकपछि नेप्सेमा सुधार

प्रकाशित मिति: 2016/11/28

मंसिर १३, काठमाण्डौ । दोस्रो सर्किट ब्रेकपछि खुलेको सेयर बजार सुधारको बाटोमा देखिएको छ । बजार खुलेको पहिलो घन्टामा ३ प्रतिशतले बढेपछि सर्किट ब्रेक मार्फत १५ मिनेटका लागि कारोबार रोक्का गरिएको थियो ।
त्यसपछि खुलेको बजारमा पनि घट्ने क्रम रोकिएन । परिणाम नेप्से ४ प्रतिशतले घट्यो र दोस्रो सर्किट ब्रेकमार्फत ३० मिनेटका लागि कारोबार रोकिएको थियो ।
 त्यसपछि खुलेको बजारमा सुधारको संकेत देखिएको छ । घट्दा १ हजार ४ सय ४ सम्म झरेको बजार १ बजेर ५० मिनेटसम्म बढेर १ हजार ४ सय ५६ दशलमव ४४ विन्दुमा पुगिसकेको छ ।
यो क्रम जारी छ । यही रुपमा बजार बढ्यो भने, अन्तिम कारोबार अवधिमा बजार सकारात्मक बन्ने सम्भावना बलियो बन्दै गएको छ । बजारमा तीब्र उतारचढाब रहेकाले लगानीकर्ता सचेत हुन जरुरी छ ।

 

तपाईंको बिचार