Monday, June 26, 2017  |    

सुनको भाउ ह्वात्तै

प्रकाशित मिति: 2016/12/05

मंसिर २०, काठमाडौं । सुनको मूल्य प्रतितोला ५४ हजार रुपैयाँबाट पनि ओर्लिएको छ । मंसिर लागेयता निरन्तर गिरावट देखिएको सुनको मूल्य आज तोलाको ५३ हजार ८ सय रुपैयाँमा आइपुगेको छ ।
मंसिरको महिनामा सुनको मूल्यमा आएको गिरावटले उपभोक्तालाई राहत भएको छ । विगत केही दिनदेखि ५४ हजारमा ओर्लिर्एर बसेको सुन आज २ सय रुपैयाँ सस्तो भएको हो । यो मूल्य ९ महिनायताकै सस्तो हो । चाँदीको मूल्य भने ७ सय ८५ रुपैयाँमा शुक्रबारदेखि नै स्थिर छ ।

 

तपाईंको बिचार