Monday, June 26, 2017  |    

विद्युत प्राधिकरणको काम सहज बनाउन तीन जना सञ्चालकलाई वर्खास्त गर्दै नयाँलाई नियुक्त

प्रकाशित मिति: 2016/12/19


पुस ४, काठमाडौं । लोडसेडिङ हटाउन अवरोध गर्ने तीन जना सञ्चालकलाई वर्खास्त गरेर उर्जा मन्त्रालयले नयाँ नियुक्त गरेको छ।
 
लोडसेडिङ मुक्त गर्न कस्सिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अवरोध गर्ने लक्ष्मणप्रसाद अग्रवाल, मनोज कुमार मिश्र र सुरज लामिछानेलाई उर्जा मन्त्रालयले आइतवार प्राधिकरण सञ्चालक समितिबाट वर्खास्त गरी नयाँ तीनलाई नियुक्त गरेको हो।
 
उपभोक्ताका तर्फबाट भक्तवहादुर पुन तथा इन्जिनियरहरु चेतराज जोशी र उमेशप्रसाद पन्थीलाई नियुक्त गरिएको हो। उनीहरुलाई चार बर्षका लागि नियुक्त गरिएको हो।

तपाईंको बिचार