Tuesday, August 22, 2017

गाडीको इन्जिनभित्र लुकाएर ल्याएको ७ किलो तस्करी सुन कंलकीबाट बरामद

प्रकाशित मिति: 2016/12/29

पुस १४, काठमाडौं । महानगरीय अपराध महाशाखाले काठमाडौंको कलंकीबाट ७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । रसुवाबाट गल्छी हुदैँ काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडी जाँच गर्ने क्रममा ७ किलो सुन भेटिएको एसएसपी सर्बेन्द्र खनालले जानकारी दिए।

चालक सिन्धुपाल्चोक घर भइ स्वयम्भुमा बस्दै आएका कुसान लामा पक्राउ परेका छन् । उनले गाडीको इन्जिनभित्र लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरेको महाशाखाका डिएसपी किरणजंग थापाले बताए। पछिल्लो समय रसुवा हुदैँ नेपालमा सुन भित्रिएको छ। केही दिन अघि रसुवा प्रहरीले पनि ५ किलो सुन बरामद गरेको थियो ।

तपाईंको बिचार