Friday, April 28, 2017  |    

अवैध रुपमा शेयरबाट नेपालको पैसा बाहिरिदै

प्रकाशित मिति: 2017/01/15

माघ २, काठमाडौं । अमेरिकी सेनाबाट अवकाश पाएका एक गैर–आवासीय नेपालीले सन्चालन गरिरहेको सामाजिक सन्जाल तथा इ–कमर्श साईट ‘सगुन डटकम’ ले २ अर्बभन्दा बढीको सार्वजनिक निष्काशन (आईपिओ) गर्दैछ ।

सो कम्पनीले आईपिओको अधिकांश हिस्सा नेपार र विदेशमा रहेको गैर–आवासीय नेपालीहरुबाटै उठाउने गरी मिडियाबाजी तथा विज्ञापन गरिरहेको छ । नेपालमै कार्यालय खोलेर अधिकांश नेपाली मिडियामार्फत नेपाली कम्पनीकै आईपिओ जसरी सगुनको आईपिओको प्रचार–प्रसार भैरहेको छ ।

नेपालबाट विदेशी कम्पनीको शेयरमा लगानी अवैध रहेको भए पनि विदेशी कम्पनीले आईपिओ निकालेको प्रचार गरिरहँदासमेत नेपाल धितोपत्र बोर्ड भने चुपचाप बसेको छ ।

यदि सगुनको आईपिओमा नेपालीले लगानी गर्ने हो भने त्यो रकम कसरी विदेश लगिन्छ नेपाली कानुनअनुसार विदेशमा रहेको कम्पनीमा लगानी गर्न पाईंदैन । नेपालबाट लगानीको रुपमा विदेश पुँजी पलायन गर्न नपाईने कानुन भएकाले पनि सगुनको आईपिओमा नेपालीको लगानी गैर–कानुनी र अवैध हुन्छ ।

तर, सगुनको प्रचार सामाग्री र मिडियाबाजीमा नेपाली लगानीकर्ताहरुलाई नेपालबाट पुँजी पलायन गर्न तरिकासमेत सिकाइएको छ । कतिसम्म भने नेपालमा रहेका नागरिकले विदेशमा रहेका आफ्ना आफन्तलाई सगुनको आईपिओमा रकम हालिदिन लगाउने र उनको परिवारलाई यता नेपाली मुद्रामा भुक्तानी दिने प्रपन्च मिलाएको छ । –सेयर बजार 

तपाईंको बिचार