Tuesday, March 28, 2017  |    

अमेरिकाका नेपाली राजदूतले भूकम्पपीडितको करोडौं रकम हिनामिना गरे

प्रकाशित मिति: 2017/01/18

माघ ५, काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूतले भूकम्पपीडितका नाममा उठेको करोडौं रकम नेपाल सरकारलाई बुझाउन आनकानी गरेको समाचार प्राप्त भएको छ ।

गत सालको बैशाख १२ गते महाभूकम्प गएपछि संयुक्त राज्य अमेरिकाको विभिन्न स्थानमा गर्ने नेपाली राहत रकम जुटाउन सक्रिय भएका थिए । त्यसरी नेपाली सक्रिय हुँदा त्यहाँ साठी लाख अमेरिकी डलर अर्थात साठी करोड नेपाली रुपैयाँ बराबर नगद उठेको थियो । उठेको रकम मध्धे राजदूतले ५२ लाख ३६ हजार अमेरिकी डलर नेपाल सरकारलाई गत बर्ष नै बुझाईसकेका छन् । तर, उठेको रकममध्ये सात लाख ६४ हजार डलर अहिलेसम्म बुझाएका छैनन् । नेपाल सरकारले त्यसको खोजी पनि गरेको छैन् ।

अमेरिकामा रहेका नेपालीले ‘बाँकी रकम कहिले बुझाउने’ भनेर जिज्ञासा राख्दा राजदूत स्पष्ट जवाफ नदिई तर्किने गरेका छन् । पछिल्लो समयमा त जिज्ञासा राख्दा कार्की झर्किनेसमेत गरेका छन् । –घटना र विचार साप्ताहिक

तपाईंको बिचार