Friday, June 23, 2017  |    

ईसीबीको कर्जा तिर्‍यो ग्रीसले

प्रकाशित मिति: 2015/07/17

साउन , फ्र्याङ्कफर्ट (जर्मनी) । ग्रीसले यूरोपेली केन्द्रीय बैङ्क (ईसीबी)को कर्जा भुक्तानी गरेको छ । सोमवार यसले ईसीबीलाई करीब ४ अर्ब २० करोड यूरोबराबरको कर्जा चुक्ता गरेको हो । यसले साढे ३ अर्ब यूरो ऋणपत्र र ७० करोड यूरो ब्याजदर तिरेको हो । यदि ऋणपत्रको भुक्तानी गर्न सरकार असफल भएको भए ग्रीसेली बैङ्कहरूलाई उपलब्ध गराइरहेको आपत्कालीन तरलता सहायता बन्द गर्न ईसीबी बाध्य हुने थियो । यसका साथै ग्रीसले अन्तरराष्ट्रिय मुद्रा कोषलाई जुन र जुलाईमा तिर्न नसकेको करीब २ अर्ब यूरो पनि चुक्ता गरेको छ । ग्रीसले अन्तरराष्ट्रिय कर्जादाताहरूबाट अल्पकालीन अवधिका लागि सस्तो दरमा ७ अर्ब यूरो कर्जा पाएपछि सो भुक्तानी सम्भव भएको हो । एजेन्सी

तपाईंको बिचार