Wednesday, May 24, 2017  |    

तोशिबा सीईओको राजीनामा

प्रकाशित मिति: 2015/07/17

साउन , टोकियो (जापान) । जापानी बहुराष्ट्रिय व्यापारिक कम्पनी ‘तोशिबा कर्पोरेशन’ का प्रमुख कार्यकारी  अधिकारी हिसाओ टानाकाले मङ्गलवार राजीनामा दिएका छन् । एउटा अनुसन्धानबाट उनलाई कम्पनीको मुनाफा वास्तविक भन्दा कृत्रिम  रूपले बढाएको र देखाएको काण्डबारे जानकार रहेको भेट्टाइएपछि टानाकाले सीईओबाट राजीनामा दिएका हुन् । हाल केही समयका लागि  कम्पनीका अध्यक्ष मसाशि मुरोमाचीलाई उनको स्थानमा राखिएको छ । ‘मैले यसलाई १ सय ४० वर्षे इतिहासमा कम्पनीको ब्राण्ड नेमका लागि सबैभन्दा खराब घटनाका रूपमा हेरेको छु,’ टानाकाले पत्रकार सम्मेलनमा भने ।

यो समस्यालाई रातारात समाधान गर्न सकिने आशा आपूmले नगरेकोसमेत टानाकाले बताएका छन् । कम्पनीको मुनाफा बढाई चढाई गर्नमा संलग्न पाइएपछि उनका साथै उपप्रमुख नोरिओ सासाकारी र सल्लाहकार एट्सुतोशी निशिदाले पनि राजीनामा गर्ने भएका छन् । सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटयता तोशिबा कम्पनीको मुनाफा १ अर्ब २२ करोड डलर (१ खर्ब ५१ अर्ब ८० करोड येन) बढी देखाएको एक अनुसन्धान प्रतिवेदनमा पाइएको थियो । तर यो समाचारले मङ्गलवारको कारोबारमा कम्पनीको शेयरमा केही प्रभाव पारेको छैन । बरु ६ प्रतिशतले बढेको छ । एजेन्सी

तपाईंको बिचार