Sunday, April 23, 2017  |    

टेलिकमको भ्यालेन्टाइन अफर, २५ रुपैयाँमा २५० मिनेट कल

प्रकाशित मिति: 2017/02/15

फागुन ४, काठमाडौं । नेपाल टेलिकमले भ्यालेन्टाइन्स डेको अवसरमा जीएसएम प्रिपेड र पोस्टपेड सेवाका प्रयोगकर्ताहरुको लागि अफर ल्याएको छ।  भ्यालेन्टाइन्स सकिएको एकदिनपछि अफर सार्वजनिक गरिएको उक्त अफरमा  २५ रुपैयाँमा २ सय ५० मिनेटको टक टाइम भएको नाइट भ्वाइस प्याकेज रहेको छ। 

फागुन ३ गते देखि फागुन १७ गते सम्म लागू हुने प्याकेजको अवधि ग्राहकले लिएको  मितिबाट ७ दिनसम्म रहनेछ । यो अफर अन्तर्गत लिएको प्याकेजको उपयोग राती १० बजे देखि विहान ६ बजेसम्म  गर्न सकिनेछ । प्याकेज लिनका लागि VDAY टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने छ ।

तपाईंको बिचार