Friday, April 28, 2017  |    

कोरियाले नेपाली कामदारको कोटा बढायो, २०१८ मा १० हजार २ सय जना लैजाने

प्रकाशित मिति: 2017/02/28

फाल्गुन १७, काठमाडौं । दक्षिण कोरियाले आगामी वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपालबाट लाने कामदारको कोटा बढाएको छ । 

श्रम तथा रोजगार मन्त्रालयका अनुसार कोरियाले सन् २०१८ मा नेपालबाट १० हजार २ सय कामदार लैजानेछ । कोरियाको मानव संसाधन विभाग (एचआरडी)ले श्रम मन्त्रालयलाई पत्र पठाई उक्त जानकारी दिएको हो । 

श्रम मन्त्रालयका अनुसार नेपालबाट अगामी वर्ष ६ हजार २ सय जना कृषिमा र ४ हजारजना औद्योगिक क्षेत्रमा काम गर्न जान पाउनेछन् । यो नेपालले सन् २०१७ मा पाएको कोटाभन्दा ७ हजार १ सयले बढी हो । गत वर्ष झन्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए, जसमध्ये ३५ सय मात्रै ईपीएस परीक्षामा उत्तीर्ण भएका थिए । दक्षिण कोरियाले सन् ०१७ का लागि नेपालबाट ३१ सय कामदारमात्र लाने कोटा छुट्टयाएको थियो ।

तपाईंको बिचार