Thursday, October 19, 2017

आगामी वर्षको बजेट सिलिङ ११ खर्ब

प्रकाशित मिति: 2017/02/28

फागुन १७, काठमाडौं । आगामी आर्थिक वर्षको लागि बजेटको सिलिङ ११ खर्बको सीमामा राख्ने तयारी भएको छ । राष्ट्रिय योजना आयोगका अनुसार चालु आर्थिक वर्षको तुलनामा यसपटक सिलिङ नै २१ प्रतिशतले बढाइएको हो ।

चालु आवको लागि राष्ट्रिय योजना आयोगले ९ खर्ब ९ अर्ब रुपैयाँ सिलिङ तोकेको थियो । केपी ओली नेतृत्वको सरकारले आयोगले तोकेको सीमा नाघेर १० खर्ब ४८ अर्ब ९२ करोडको बजेट ल्याएको थियो ।

राष्ट्रिय योजना आयोगले फागुन १९ गतेदेखि प्रत्येक मन्त्रालयसँग बजेट सम्बन्धि छलफल समेत गर्ने भएको छ । छलफल हालको आयोजनाहरुमा खर्चको अवस्था, नयाँ कार्यक्रम लगायतको विषयमा केन्द्रित हुनेछ ।

चालु आवको ६ महिना अर्थात् पुससम्म २ खर्ब ५७ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा १ सय ७ प्रतिशतले बढि उठाउन सफल भएको थियो । सो अवधिमा २ खर्ब ७७ अर्ब राजस्व उठेको छ ।

अर्थमन्त्रालयले हालै गरेको एक कार्यक्रममा नै यसअघि तय गरेको बाषिर्क राजस्व संकलन लक्ष्यमा १४ अर्बले बढाएर ५ खर्ब ७९ अर्ब संकलन हुने संशोधित अनुमान प्रस्तुत गरेको थियो ।

तपाईंको बिचार