Sunday, May 27, 2018

लगानी सम्मेलनमा भाग लिन भारतीय अर्थमन्त्री जेट्ली काठमाडौंमा

प्रकाशित मिति: 2017/03/02

फागुन १९, काठमाडौं । राजधानीमा भइरहेको लगानी सम्मेलनमा भाग लिन भारतीय अर्थमन्त्री अरुण जेट्ली काठमाडौं आइपुगेका छन्।

उद्योग मन्त्रालय र लगानी बोर्डले संयुक्त रुपमा आयोजना गरेको लगानी सम्मेलनमा जेट्ली प्रमुख वक्ता हुन्। उनी चढेको जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। 

सेकेन्ड ‘जेनेरेसन इन्भेष्टमेन्ट’को थालनी गर्ने अवसरका रुपमा व्याख्या गरेको सम्मेलनमा विश्वका विभिन्न देशका एक हजारभन्दा धेरै लगानीकर्ता सहभागी छन्। कतिपय लगानीकर्ता कम्पनीको प्रतिनिधिको रुपमा र केही व्यक्तिगत रुपमा सामेल छन्।

तपाईंको बिचार