Wednesday, May 24, 2017  |    

ऊर्जा क्षेत्रको प्रगतीले नै देशलाई विकशित राष्ट्र बनाउने : शर्मा

प्रकाशित मिति: 2017/03/03

फागुन २०, काठमाडौं । लगानी सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्माले भने नेपालमा लगानीको प्रशस्तै सम्भावना भएको देश हो त्यसैले सबैलाई लगानी गर्न आह्वान गरेका छन् । 

संविधान जारी भएपछि लगानीको वातावरण बनेको दाबी गर्दै मन्त्री शर्माले अधिकतम लाभ लिन आह्वान गरे । हाल जारी भएको संविधान र ऊर्जा क्षेत्रमा भइरहेको बिकासले लगानीकर्ताहरुलाई स्वागतयोग्य वातावरण बनाएको छ । यहाँबाट अधिकतम लाभ लिन सकिने अवस्था पनि छ, चाहे त्यो जलविद्युतमा होस् वा अन्य क्षेत्रमा । त्यसैले म तपाईहरुलाई लगानी गर्न आह्वान गर्दछु ।

नेपाल अति कम बिकसित राष्ट्र भएपनि हाल ऊर्जा क्षेत्रमा भइरहेको प्रगतीले यस देशलाई विकशित राष्ट्र बनाउने उनले दाबी गरे । शर्माका अनुसार हाल ३ हजार ९ सय मेगावाट विद्युत् उत्पादनको प्रक्रियामा छन् भने ५ हजार ४ सय मेगावाट विद्युत् उत्पादन गर्न तयारीमा रहेको आयोजनाहरुलाई लाइसेन्स दिने काम भइरहेको छ । हाल सरकारले ८ हजार ४ सय मेगावाट विद्युत् आयोजना पाइपलाइनमा राखेको समेत शर्माले जानकारी दिए ।

उनले अहिले सरकार समेत विद्युत् उत्पादनको लागि नेपाली जनतासँग रहेको पैसा पनि संकलनको क्रममा रहेको उल्लेख गरे । नेपालमा उत्पादन भएको विद्युत् खपतमा चिन्ता गर्नुपर्ने अवस्था नै नभएको उनले बताए ।

तपाईंको बिचार