Thursday, October 19, 2017

नेपालमा ११ खर्ब लगानी गर्ने प्रतिबद्धता

प्रकाशित मिति: 2017/03/03

फागुन २०, काठमाडौंं । राजधानीमा जारी लगानी सम्मेलनमार्फत विभिन्न देशबाट ११ खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ। 

 सरकारले १ खर्बको लगानी प्रतिबद्धता आउने अनुमान गरेकोमा ११ खर्बको प्रतिबद्धता आएको हो। राजधानीमा बिहीबारदेखि जारी रहेको ‘इन्भेष्टमेन्ट समिट’मा उर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा बनजन्य लगायत विभिन्न क्षेत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिएकोमा ति क्षेत्रका लागि ११ खर्बको लगानी प्रतिबद्धता आएको छ।  
 
 नेपाल लगानीका लागि उपयुक्त गन्तव्य रहेको भन्दै विभिन्न क्षेत्रमा लगानी गर्न राजनीतिक दल र सरकारले आग्रह गरेका थिए। उद्योग मन्त्रालयको आयोजनामा भएको लगानी सम्मेलन आज सकिँदैछ। सम्मेलनमा भारतीय फाइनान्स मन्त्री अरुण जेट्ली लगायतको उपस्थिति रहेको छ। त्यस्तै विश्वका साढे २ सय लगानीकर्ताको सहभागिता रहेको छ। 

तपाईंको बिचार