Sunday, November 19, 2017

विनोद चौधरीको सम्पत्ति एक खर्ब ३६ अर्ब

प्रकाशित मिति: 2017/03/21

चैत ८, काठमाडौं । विश्वचर्चित म्यागेजिन फोर्ब्सले मङ्गलबार अर्बपतिहरुको सुची सार्वजनिक गरेको छ । फोर्ब्सले सार्वजनिक गरेको सूचीमा नेपालका उद्योगपति विनोद चौधरी १५७६ औँ नम्बरमा पर्न सफल भएका छन् । 

फोर्ब्सको विवरण अनुसार अघिल्लो वर्षभन्दा यो वर्ष चौधरी ग्रुपका मालिक विनोदको सम्पत्ति २० करोड बढेको छ । फोर्ब्सका अनुसार चौधरीको सम्पत्ति कुल एक अर्ब ३१ करोड अमेरिकी डलर अर्थात एक खर्ब ३६ अर्ब रहेको छ । सन् २०१३ मा फोर्ब्सको अर्बपतिको सूचीमा पर्न सफल भएका चौधरीको सम्पत्ति केही वर्षयता करोडको अन्तरमा बढेको छ । सन् २०१५ मा उनीसँग एक अर्ब ३० करोड डलर सम्पत्ति थियो । 

तपाईंको बिचार