Sunday, November 19, 2017

पुनर्निर्माणको समयमा सिमेन्टको मुल्य नबढानु आग्रह : उद्योगमन्त्री

प्रकाशित मिति: 2017/04/07

चैत २५, काठमाडौं । उद्योगमन्त्री नवीन्द्रराज जोशीले पुनर्निर्माणको अहिलेको समयमा सिमेन्टमा गरिएको मूल्य वृद्धिलाई पुर्नर्विचार गर्न नेपाल सिमेन्ट उत्पादन संघलाई आग्रह गरेका छन् ।

नेपाल सिमेन्ट उत्पादन संघले हालै सिमेन्टमा प्रति बोरा २० देखि २५ रुपैंयाँसम्म मूल्य बढाएको सार्वजनिक भएपछि उद्योग मन्त्री जोशीले नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापालाई उद्योग मन्त्रालयमा बोलाएर मूल्य वृद्धिको निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

भेटमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले सिमेन्ट उत्पादनका लागि प्रयोग गरिने कच्चा पदार्थ क्लिङ्गरको मूल्य वृद्धि भएका कारण मूल्य बढेको भन्दै उत्पादकहरुसँग छलफल गरी यसमा के कति पुनर्विचार गर्न सकिन्छ भन्ने विषयमा आगामी आइतबार उद्योग मन्त्रीसँग पुन छलफलमा बस्ने बताए ।

तपाईंको बिचार