Thursday, September 21, 2017

टेलिभिजन केवलबाट डिजिटलमा जाने प्रक्रिया अघि बढ्यो

प्रकाशित मिति: 2017/04/07

चैत २५, काठमाडौं । सरकारले वैशाख १५ पछि केबल टेलिभिजनलाई डिजिटमाध्यममा लाने निर्णय गरेसंगै केवल टेलिभिजनले समेत डिजिटलमा जाने प्रक्रियामा सुरु गरेका छन । 

काठमाडौसहित ललितपुर, वीरगञ्ज, विराटनगर, पोखराका उपभोक्ताले सेटअफ बक्स जडान गर्नुपर्ने भएको छ । डिजिटल प्रबिधिमा गएपछि दर्शकले सफा भिडियो र गुणस्तरीय आवाजमा टेलिभिजन हेर्न सक्ने छन् । बैशाख १५ गतेदेखि काठमाडौ महानगरपालिका तथा विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा उपमहानगरपालिका क्षेत्रभित्र संचालन हुने टिभीका लागि अनिवार्य डिजिटलमा जाने भएका छन । सरकारले आगामी १५ वैशाख पछि नेपालका सबै केवल टेलिभिजन एनालग सिस्टमबाट डिजिटलमा जानुपर्ने नियम ल्याएपछि सेवा प्रदायले डिजिटलमा जाने प्रक्रिया सुरु गरेका छन् । संचारमन्त्री सुरेन्द्र कार्कीेले डिजिटल प्रक्रियामा जाने कार्य अगाडि बढेको भन्दै प्रक्रियामा जाने क्रममा देखिएको समस्या समाधान गरेर डिजिटल प्रक्रियामा जानुको बिकल्प नरहेको बताए ।

यसरी सरकारले सबै केबल टेलिभिन डिजिटल प्रविधिमा जादा सरकारी राजस्वसमेत उठ्ने देखिन्छ भने कम्पनीहरुले कर छल्ने बाटो समेत बन्द हुनेछ । यस्तै डिजिटल टेलिभिजनका दर्शकले सफा भिडियो र गुणस्तरीय आवाजमा टेलिभिजन हेर्न सक्नेछन् ।

तपाईंको बिचार