Saturday, July 22, 2017  |    

एडिबीका अध्यक्षसँग अर्थमन्त्रीको भेट : ठूला र परिणाम देखिने परियोजनामा सहयोग गर्न आग्रह

प्रकाशित मिति: 2017/05/07

नेपालले आफ्नो सामाजिक–आर्थिक रुपान्तरणमा मद्दत पुग्ने ठूला र परिणाम देखिने परियोजनामा सहयोग गर्न एसियाली विकास बैंक (एडिबी) सँग आग्रह गरेको छ ।

 एडिबीको ५०औँ वार्षिक बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले बैंकका अध्यक्ष ताकेहिको नाकाओसँग आज बिहान भएको भेटवार्तामा त्यस्तो आग्रह गरेका हुन।

कृषिको आधुनिकीकरण, जलविद्युत् उत्पादन र प्रसारण, यातायात सञ्जाल विस्तार, पर्यटन तथा सहरी विकास पूर्वाधारका ठूला आयोजनामा लगानी वृद्धिलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उनले सरकारका ती प्राथमिकता कार्यान्वयनमा एडिबीको थप सहयोग अपरिहार्य हुने बताए ।

एसियाली विकास कोष ९एडिएफ० को काठमाडौँमा सम्पन्न १२ औँ बैठकमा अध्यक्ष नाकाओले बैंकबाट नेपाललाई वार्षिक रुपमा प्रदान हुँदै आएको ३० करोड अमेरिकी डलरलाई बढाएर ५० करोड अमेरिकी डलर पु¥याउने घोषणाको स्मरण गराउँदै त्यसको कार्यान्वयनका निम्ति अनुरोध गरे ।

साथै उनले एडिबीबाट नेपाललाई प्राप्त सहयोग तथा बैंकको अगुवाइमा सञ्चालित विकास–निर्माणका आयोजना कार्यान्वयनमा भएको उत्साहजनक प्रगति, आयोजनाको ठेक्कापट्टा तथा परिचालन भएको रकममा सफलता, बैंकबाट प्राप्त सहायताको उपयोगलाई थप प्रभावकारी तुल्याउन नेपाल सरकार तथा सम्बन्धित निकायबाट भइरहेका विशेष प्रयास, आयोजनाको पूर्वतयारीमा जोड दिनाका साथै बैंक र कार्यान्वयन एकाइसँग समन्वयमा भएको वृद्धिबारे जानकारी दिए । –रासस

तपाईंको बिचार