Tuesday, May 23, 2017  |    

बजेटप्रति हान सकारात्मक

प्रकाशित मिति: 2015/08/02

आर्थिक वर्ष २०७२÷०७३ का लागि सार्वजनिक बजेटका सम्बन्धमा विभिन्न क्षेत्रबाठ मिश्रित प्रतिक्रिया आइरहेको सन्दर्भमा होटल संघ नेपालले सरकारले घोषणा गरेकोे बजेट सकरात्मक भएका जनाएको छ । यसका लागि संघले बजेटको पूर्ण कार्यान्वयन  आग्रह गरेको छ ।
भूकम्पबाट क्षति पुगेका होटल रिसोर्टहरुको पुनरुउत्थान तथा पुननिर्माणमा सघाउन सहुलियत व्याजदरमा पुनः कर्जा उपलब्ध गराउन आथिर्क पुनरुत्थान कोषको स्थापना गर्नु सकरात्मक भएको संघले बताएको छ । त्यस्तै भूकम्प प्रभावितहरुका लागि कर्जा नोक्सानी व्यवस्था, कर्जाको पुनर्तालिकिरण आम्दानी खर्च लेखांकनको समयावधि थप र पँुजी गणना गर्ने कार्यको निरन्तरता जस्ता नीति सकारात्मक रहेको संघको ठहर छ । पर्यटन उद्योेगले संचित मुनाफाबाट क्षमता विस्तारमा लगानी पुँजीकरण गरेमा लाभांश कर नलाग्ने तथा एक सयभन्दा बढी नेपाली नागरिकहरुलाई रोजगारी प्रदान गर्ने यस्ता उद्योगलाई लाग्ने आयकरमा ३० प्रतिशत आयकर छुट दिने व्यवस्थालाई पनि संघले सकारात्मक बताएको छ ।
आर्थिक विकासको लक्ष्यमा पर्यटन क्षेत्रबाट अपेक्षित योगदान पु¥याउन बजेटले नेपाली अपेक्षित जोड दिएकोमा संघले यसलाई स्वागत गरेको छ । भूकम्प प्रभावित पर्यटकीय क्षेत्रको सुरक्षा परीक्षण गराई पर्यटकलाई नेपाल आउन अभिप्रेरित तथा आश्वस्त पार्न बजेटमा उल्लेख गरिएकाप्रति संघ सकारात्मक देखिएको छ ।

 

तपाईंको बिचार