Monday, September 25, 2017

आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम पारित

प्रकाशित मिति: 2017/05/28

जेठ १४, काठमाडौं ।  आईतबार बसेको संसद बैठकमा सरकारले ल्याएको आगामी आर्थिक २०७४/०७५ वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । 

विहिबार राष्ट्रपति विद्या भण्डारीले संसदमा पेश गरेको सरकारको नीति तथा कार्यक्रममाथि संक्षिप्त छलफलपछि आईतबार पारित गरिएको हो । त्यस अवसरमा सभामुख ओनसरी घर्तीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति विद्या भण्डारीलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।

निर्वाचन आचारसंहिताका कारण नयाँ कार्यक्रम समावेश नगरी सरकारले नीति तथा कार्यक्रम ल्याएको हो ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन गर्ने, तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने, राष्ट्रिय महत्वका आयोजनालाई निरन्तरता दिने, राष्ट्रिय पुनर्निर्माण र नवनिर्माणको कामलाई तीव्रता दिने उल्लेख गरिएको छ ।

तपाईंको बिचार