Thursday, September 21, 2017

साउन १ देखि भारतीय च्यानललाई नयाँ नियम लागु हुने

प्रकाशित मिति: 2017/06/19

असार ५, काठमाडौं । सरकारले आगामी साउन १ गतेबाट नेपाली टीभीमा विदेशी च्यानल आउँदा विज्ञापनरहित हुनुपर्ने नीति (क्लिन फिड) कार्यान्वयन गर्ने भएको छ । सरकारले क्लिन फिड कार्यान्वयन गर्दा नेपालमा कुनै पनि भारतीय च्यानल नआउने भएका छन् ।

यी च्यानलको नेपाल फिड नभएकोले सबै भारतीयसहितका विज्ञापनसहित आउने अन्य विदेशी च्यानल पनि बन्द हुने केवुल व्यवसायी महासंघका अध्यक्ष बताएका छन् । उनका अनुसार सरकारले भर्खरै डिजिटलमा अनिवार्य जानुपर्ने र क्लिन फिडमा पनि जाने गरी एकैपटक दुइटा नीति अगाडि सार्यो । यो नीति आफैंमा राम्रो भएपनि प्राविधिक समस्याका कारण कार्यान्वनय नै चुनौतिपूर्ण देखिएको छ । तत्काल क्लिन फिड कार्यान्वयन गर्न चुनौतिपूर्ण छ । सरकारले ल्याएको नीति कार्यान्वयन भैहालेको अवस्थामा कुनै पनि विदेशी च्यानल नआउने भएको छ ।

साउन १ देखि यो क्लिन फिड नीति कार्यान्वयपछि आउने समस्यालाई केवल व्यवसायी महासंघले कार्यान्वयन गर्ने परे सांकेतिक विरोधस्वरुप साउन अगाडि नै लागू गरेर कुनै पनि विदेशी च्यानल नराखी नेपाली सिग्नल मात्रै देखाएर त्यसको प्रतिकृया लिने तयारीमा पनि छ । पराजुलीका अनुसार नेपाल टीभी, नेपाल टीभी न्युज र एनटीभी प्लसको ३ वटा सरकारी च्यानलमात्रै राखेर देखाउने विषयमा पनि व्यवासायीबीच गृहकार्य भइरहेको छ ।

तपाईंको बिचार