Monday, September 25, 2017

टुरिजम डेभलपमेण्ट बैंक प्रविधि युक्त बन्दै

प्रकाशित मिति: 2017/06/25

काठमाडौं । टुरिजम डेभलपमेण्ट बैंक लिमिटेडले प्रविधमा आधारित बैंकिङ सेवा थप गरेको छ । बैंकले प्रदान गर्दै आईरहेको सेवालाई अझ परिस्किृत, अत्याधुनिक, विश्वसनिय र पहुँचमुखि बनाउन बैंकले प्रविधिमा आधारित बैंकिङ सेवालाई अझ प्रभावकारी बनाउन चाहेको बैंकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले वताए ।

टुरिजम डेभलपमेण्ट बैंकले ई.भि.एम चिपमा आधारित भिषा डेविट कार्ड, युएस डलर कार्ड, अन्तर्राष्ट्रिय ट्राभल कार्ड जारी गरेको छ । त्यसैगरी बैंकले स्मार्ट मोबाईल बैंकिङ सेवा पनि सुरु गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयो । यस नयाँ प्रविधको प्रयोग गरि ग्राहकहरुले विश्वको जुनसुकै ठाउँवाट पनि आफ्नो खाताको कारोवार गर्न सक्ने प्रमुख कार्यकार अधिकृत ढकालले वताए ।

त्यसैगरी बैंकले पोईन्ट अफ सेल्स मेसिन सुरु गर्नुका साथै अनलाईन वाट नै शेयर भर्ने व्यवस्था पनि मिलाएको छ । त्यसैगरी बैंकले कानुनको परधिभित्र रहेर बैदेशिक लगानीकर्ताहरुलाई परामर्शको सेवाको पनि सुरुवात गरेको छ ।
बैंकले छिट्टै आठ वटा नयाँ शाखाहरु तथा पाँच वटा एक्सटेन्सन काउण्ठरहरु सञ्चालनमा ल्याउने पनि बैंकले जनाएको छ । टुरिजम डेभलपमेण्ट बैंक छ्ट्टिै मेगा बैंक नेपाल लिमटेड संगको मर्जरमा जाँदैछ ।

तपाईंको बिचार