Saturday, July 22, 2017  |    

लायन्स क्लव काठमाडौं होराइजनमा पुनः शिव अधिकारी निर्विरोध निर्वाचित

प्रकाशित मिति: 2017/06/27

काठमाडौं, १३ असार । लायन्स क्लव इन्टरनेशनल डिस्टिक ३२५–एटु नेपाल,  लायन्स क्लव अफ काठमाडौं होराइजनको अध्यक्षमा गन्तव्य नेपालका अध्यक्ष,    लायन शिव अधिकारी पुन : निर्विरोध निर्वाचित हुनुभएको छ । राजधानीमा हिजो सम्पन्न क्लवको पन्ध्रौ कार्यसमिति निर्वाचनले उहाँको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

समितिको प्रथम उपाध्यक्षमा नेपाल पर्यटक यातायात व्यवसायी संघका सल्लाहकार लायन मनोजकुमार श्रेष्ठ, द्वितिय उपाध्यक्षमा रसुवा–नुवाकोट पयृटन समाजका अध्यक्ष लायन बलराम न्यौपाने, सचिवमा पर्यटन व्यवसायी लायन टिका भण्डारी, कोषाध्यक्षमा लायन हरिशरण थपलिया र मेम्बरसिप कमिटि चेयरम्यान रामकुमार थपलिया निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै सोही निर्वाचनले क्लवको विभिन्न समिति, उपसमितिहरुको संयोजक पनि चयन गरेको छ । 

नवगठित कार्यसमिति बैठकले संस्थापक अध्यक्ष रामशरण थपलियालाई सल्लाहकारमा मनोनयन पनि  गरेको छ । 

अध्यक्ष अधिकारीले लायन्सको मर्म र भावना अनुसार सामाजिक काममा आफ्नो टिम अहोरात्र लाग्ने बताउनुभयो । उहाँले संस्थालाई थप चलायमान बनाउन छिट्टै बृहत कार्यक्रमको आयोजना गर्ने तयारीमा आफु लागिसकेको पनि बताउनुभयो ।  

 

तपाईंको बिचार