Thursday, September 21, 2017

वाणिज्य मन्त्रालयले नेपालबाट निकासी हुने वस्तुमा जिएसटी नलगाउन भारतलार्इ आग्रह

प्रकाशित मिति: 2017/07/03

असार १९, काठमाडौं । वाणिज्य मन्त्रालयले नेपालबाट निकासी हुने वस्तुमा गुड्स एण्ड सर्भिस ट्याक्स (जिएसटी) नलगाउन भारतीय पक्षलार्इ आग्रह गरेको छ।

मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत अतिरिक्त भार नेपाली पक्षलार्इ नलगाउन आग्रह गरेको हो। भारतले शनिबाररदेखि देशभर एकीकृत कर जिएसटी कार्यान्वयनमा ल्याएको छ । जिएसटी कार्यान्वयनमा आएपछि नेपाली पक्षले त्यसको भार नेपालमा नपार्न आग्रह गरेको हो।
 
नेपालबाट निकासी हुने वस्तुमा अतिरिक्त भार थप्ने गरि जिएसटी नलगाउन वाणिज्य मन्त्रालयले आग्रह गरेको छ । नेपालबाट निकासी हुने वस्तु शुन्य भन्सार दरमा भइरहेको छ त्यसकारण पनि जिएसटी लाग्ने सम्भावना नभएको मन्त्रालय जनाएको छ । जिएसटीको प्रभाव नपरोस भनेर परराष्ट्रमार्फत आग्रह गरेका हो । नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठकमा समेत नेपालबाट निकासी हुने र आयात हुने वस्तुको अतिरिक्त भार पार्न नहुने भन्दै आफ्नो एजेण्डा राखेको थियो।
 
यसअघि अर्थमन्त्रालयले समेत भारतमा कार्यान्वयनमा आएको मालसामान तथा सेवा व्यवसाय कर गुड्स एण्ड सर्भिस ट्याक्स (जिएसटी)ले नेपालको राजस्वमा पार्ने प्रभावका बारेमा अध्ययन गर्न समिति गठन गरिसकेको छ । मन्त्रालयले आइतबार अर्थमन्त्रालयका सहसचिव विष्णु नेपालको संयोजक्तवमा आन्तरिक राजस्व विभागकी कामु  महानिर्देशक चन्द्रकला पौडेल रहने अध्ययन टोली आइतबार गठन गरेको हो।भारतले शनिबारदेखि जिएसटी कार्यान्वयनमा ल्याएको थियो।

तपाईंको बिचार