Wednesday, October 17, 2018

आज १ बजे मौद्रिक नीति सार्वजनिक हुने

प्रकाशित मिति: 2017/07/09

असार २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्ष २०७४/७५ को मौद्रिक नीति आइतबार ल्याउने भएको छ। शनिबार साँझ बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले भोली दिउँसो १ बजे होटल र्याडिसनमा मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय गरेको हो।  

 सरकारले प्रस्तुत गरेको नयाँ बजेटले गरेको मार्ग निर्देशनमा आधारित रहि बित्तीय क्षेत्रका कार्यक्रमलाई कार्यान्वयन गर्न हरेक बर्ष मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले योजना प्रस्तुत गरी कार्यान्वयनमा लैजाने गर्दछ ।

यस पटकको मौद्रिक नीतिले बित्तीय क्षेत्रमा लगानीयोग्य रकम बढाउने उपाय र उत्पादनमुलक क्षेत्रतर्फ बित्तीय स्रोत परिचालनमा जोड दिने अपेक्षा गरिएको छ ।

तपाईंको बिचार