Sunday, November 19, 2017

सहरी बिकास कार्यक्रमको दोषीलाई १५ दिनभित्र कारबाही गर्न निर्देशन

प्रकाशित मिति: 2017/07/30

साउन १५, काठमाडौं । एशियाली बिकास बैंकको सहयोगमा वीरगञ्ज, जनकपुर लगायतका शहरमा सञ्चालित एकीकृत सहरी विकास कार्यक्रम लापरवाही भएको व्यवस्थापिका संसदको बिकास समितिले ठहर गरेको छ । समितिले सरकारलाई छानबिन गरी दोषीलाई कारबाही गर्न १५ दिनको म्याद दिएको छ ।

एकीकृत सहरी विकास कार्यक्रमका लागि आवश्यक पर्ने पूर्वाधारहरुको विकास अति नै सुस्त, गुणस्तरहीन र लापरवाही भएको भन्दै समितिले पाँच सदस्यीय टोलि गठन गर्न निर्देशन दिएको हो । टोलीमा राष्ट्रिय योजना आयोग र स्वतन्त्र पूर्वाधार विज्ञ एक÷एक जना समावेश गर्नुपर्नेछ । समितिले शहरी बिकास मन्त्रालयलाई उक्त अध्ययनको रिपोर्ट अबको २० दिनभित्रै पेश गर्न पनि निर्देशन दिएको छ ।

एकीकृत सहरी विकास कार्यक्रमहरु कार्यान्वयन गर्ने क्रममा हाल देखिएका चुनौतीहरु सम्बन्धमा अध्ययन गर्न एवं आगामी कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउन आवश्यक कार्ययोजना एवं रणनीति बनाउन निर्देशन दिएको छ ।

तपाईंको बिचार