Sunday, November 19, 2017

मेयरलाई तत्काल सडकको खाल्डाखुल्डी पुर्न र सडक बत्ती बाल्न एसएसपी सर्वेन्द्रको आग्रह

प्रकाशित मिति: 2017/07/31

साउन १६, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले सोमबार सडक, यातायात, उपभोक्ता लगायत सरोकारवालाई बोलाएर सडक र ट्राफिक सुधारको लागि काम गर्न आग्रह गरेका छन्।

खनालले काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई तत्काल सडकको खाल्डाखुल्डी पुर्न र सडक बत्ती बाल्नको लागि आग्रह गरेका हुन्। उनले भने, खाल्डाखुल्डीका कारण सडकमा ट्राफिक प्रहरीलाई काम गर्न गाह्रो भएको भन्दै तत्काल पुर्ने व्यवस्था गर्न आग्रह गरे ।

उनले राजधानीको सडक व्यवस्था मिलाउन अब कुरेर बस्ने समय नभएको बताए।  सडक विभाग र महानगरका प्रमुखसँग खनालले आग्रह गरे, म पटक पटक हात जोडेर खाल्डा पुर्नुहोस् भन्दै आउनु नपरोस्।

सुन्दर र सफा सहर बनाउन  सडक र बत्ती आवश्यक भएकाले तत्काल काम गर्न मेयर शाक्यसँग आग्रह गरे। खनालले भने, सडक बत्ती बाल्न तपाईँ सक्नुहुन्न भने मसँग मान्छे छन्, म काम अगाडि बढाउँछु। उनले सबैमा अठोट भए राजधानीको ट्राफिक र सडक समस्या तत्काल समधान हुने बताए।

तपाईंको बिचार