Sunday, November 19, 2017

जग्गा खरिद गर्दा आयल निगमले अनियमितता गरेको लेखा समितिको निष्कर्ष

प्रकाशित मिति: 2017/08/04

काठमाडौं । सार्वजनिक लेखा समितिले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्न खरिद गरेका जग्गामा अनियमितता भएको ठहर गरेको छ । आयल निगमले पत्रकार सम्मेलन गरेर जग्गा खरिद विधि सम्भवत भएको जिकिर गरेकै भोलिपल्ट लेखाले अनियमितता भएको निष्कर्ष निकालेको हो ।

समितिको शुक्रबार बसेको बैठकले निगमले विधि र प्रक्रिया मिचेर जग्गा खरिद गरेको भन्दै खरिदमा संलग्नलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखेर पठाउने निर्णय गरेको समिति सदस्य उषा गुरुङले बताइइन । 

निगमले झापा, सर्लाही, चितवन र भैरहवामा खरिद गर्दा विधि र प्रक्रिया मिचेको लेखाको ठहर छ । जग्गा प्राप्ती ऐन २०३४ बमोजिम जग्गा प्राप्ती गर्नुपर्नेमा बोलपत्रको माध्यमबाट जग्गा खरिद गरेर विधि र प्रक्रिया मिचिएको लेखा समितको भनाई छ । साथै निगमले वास्तविक जग्गाधनीहरुसँग जग्गा खरिद नगरी दलाल मार्फत बोलपत्रको माध्यमबाट खरिद गर्दा महंगो पर्न गएको बताएको छ ।

तपाईंको बिचार