Sunday, November 19, 2017

२५ मेगावाट सोलार परियोजना कानुन सम्मत : विश्व बैंक

प्रकाशित मिति: 2017/08/04

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाट सोलार परियोजनाको टेन्डर कानुन सम्मत रहेको दाता विश्व बैंकले जनाएको छ।प्राधिकरणले टेन्डर दिँदा अनिमितता भएको भन्दै संसदको लेखा समितिले रद्द गर्न निर्देशन दिएपछि विश्व बैंकले आफ्नो धारणा सार्वजनिक गरेको हो। 

नेपाल विद्युत प्राधिकरणले लगाएको ठेक्का विश्व बैंक समूहका १८९ सदस्य मुलुकले पारित गरेको नीति र अभ्यासमा आधारित छ, विश्व बैंकले कन्ट्री म्यानेजर ताकुया कामातालाई उद्धृत गर्दै जारी विज्ञप्तिमा भनेको छ  ‘नेपाल सरकारसँगको लगानी सम्झौता बमोजिम पनि उक्त ठेक्का सहि छ’।
 
ठेक्का तोड्न संसदिय समितिले दिएको निर्देशनबारे अहिलेसम्म औपचारिक जानकारी प्राप्त नभएको र त्यसबारे अहिले प्रतिकृया दिन हतारो हुने पनि कामाताले बताएका छन्। 

विश्व बैंकको लगानीमा प्राधिकरणले २५ मेगावाटको सोलार परियोजना निर्माण गर्न लागेको छ। ग्रीड सोलार एण्ड इनर्जी इफिसियन्सी प्रोजेक्टको लागि नुवाकोटको बट्टार र देवीघाटमा सोलार प्लान्ट लगाउने तयारी भएको थियो। त्यस्तो बेला लेखा समितिले प्राधिकरणलाई ठेक्का रद्द गर्न निर्देशन दिएको हो। 
 

तपाईंको बिचार